काठमाडौं – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट उहाँको स्वास्थ्य परीक्षणपछि सरकारी वकिलको कार्यालयमा पुर्याएको हो।
सरकारी वकिलको कार्यालयबाट अब उहाँलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उहाँलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया