अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखको जंगलमा आगलागी हुँदा १२ जना घाइते

दैलेखको जंगलमा आगलागी हुँदा १२ जना घाइते


दैलेख – दैलेखमा आगलागीमा परी १२ जना घाइते भएका छन्। जिल्लाको आठबिस नगरपालिका-६ मा पर्ने माल्याको जंगलमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्न गएका उनीहरु वनमा लागेको आगोमा परी घाइते भएका हुन्।

जङ्गलमा आगलागी हुँदा जङ्गलमा काम गर्न गएका १२ जना घाइते भएका दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताउनु भयो।

प्रहरीका अनुसार आगोमा जलेर घाइते भएका १२ जनामध्ये ३ जना सिकिस्त रहेको जनाइएको छ। आगलागीमा घाइते भएकाहरूको उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख लम्सालले बताउनुभयो ।