काठमाडौं – प्रधानमन्त्रीसहित प्रमुख दलका तीन शीर्ष नेताहरुबीचको छलफल सकिएको छ।
बुधबार दिउँसो सिंहदरबारमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करीब डेढ घण्टा लामो छलफल भएको हो।
तीन नेताको छलफलमा कांग्रेस नेता रमेश लेखक तथा उपप्रधान तथा गृहमन्त्री समेत रहेका माओवादी नेता नारायाणकाजी श्रेष्ठ समेत सहभागी भएको बताउनु भयो।
तीन नेताबीच संसदभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको नेता लेखकले जानकारी दिनुभयो। ‘संसदलाई प्रभावकारी बनाउन त्यसभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको छ। संसदमा अब बजेट, नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ। त्यसपछि हाउसका कामहरु अघि बढाउने कुराहरु छन्’, लेखकले भन्नुभयो, ‘विषयगत समितिका सभापतिको निर्वाचन गर्ने लगायतका कुरामा छलफल भएको छ ।’






प्रतिक्रिया