अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आरजु राणाद्वारा साइबर ब्युरोमा उजुरी

आरजु राणाद्वारा साइबर ब्युरोमा उजुरी


काठमाडौं- नेकपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु देउवा राणाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिनु भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत जोडिएको अडियो सार्वजनिक भएको भन्दै उहाँले सो अडियोको उच्च प्रविधिबाट जाँच गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको हो ।

केही दिनअगाडि सामाजिक सञ्जाल टिकटकमार्फत दुई जनाबीच भएको कुराकानीमा आरजु र कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मञ्जु खाँणले पैसा लिएको उल्लेख भएको थियो । खारजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन् भने मञ्जु यही प्रकरणमा बुधबार पक्राउ परेका बालकृष्ण खाँणकी पत्नी हुन्।