अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला हिमपहिरो: बेपत्ता पाँचै जनाको शव भेटियो

दार्चुला हिमपहिरो: बेपत्ता पाँचै जनाको शव भेटियो


काठमाडौं – गत १९ गते दार्चुलाको ब्यास गाउँपालिकामा गएको हिमपहिरोमा हराइरहेकामध्ये बुधबार थप एक जनाको शव फेला परेको छ। योसँगै सो घटनामा बेपत्ता ५ जनाकै शव फेला परेको हो।

डोटीको जोरायल गाउँपालिका-२ की १५ वर्षीया क्षिमी सोमो थापाको शव सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्रुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक केशवदत्त जोशीको कमाण्डमा गएको टोलीले फेला पारेको हो।

अहिले शव निकाल्ने प्रयास भइरहेको छ भने थप मद्दतको लागि सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक इश्वरीदत्त भट्टको टोली पनि त्यसतर्फ जाँदै गरेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।