काठमाडौँ-नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।
हिजो बसेको बैठकमा खाणका बारेमा प्रारम्भिक छलफल भएपनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।
तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए । आज बस्ने बैठकले खाणलाई निलम्बन गर्न सक्ने बताइएको छ ।






प्रतिक्रिया