अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुर उडेको नेपाल एयरलाइन्सका जहाज काठमाडौँ फर्काइयो 

भोजपुर उडेको नेपाल एयरलाइन्सका जहाज काठमाडौँ फर्काइयो 


काठमाडौँ-काठमाडौँबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भएको छ । 

ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौँ ल्यान्ड गराइएको हो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने बताइएको छ ।  

बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौँबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको जनाइएको छ । १६ जना यात्रु लिएर उडेको नाइन एन एबीटी कल साइनको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने बताइएको छ ।