अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाका अध्यक्ष दिपक कार्कीको प्रस्ताव : समानुपातिक प्रणाली खारेज गरौं

एमाले झापाका अध्यक्ष दिपक कार्कीको प्रस्ताव : समानुपातिक प्रणाली खारेज गरौं


झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका अध्यक्ष दिपक कार्की वर्तमान संघीय संरचना र निर्वाचन प्रणालीप्रति फरक मत राख्दै आउनु भएको छ । केही दिन अघि मात्र प्रदेश खारेजी गर्नुपर्ने मन्तव्य दिनु भएका कार्कीले आज राज्यको संरचना र निर्वाचन प्रणालीका बारेमा तीनवटा सुझाव दिनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठक बस्नु केही घण्टा अघि कार्कीले सामाजिक सञ्जालमा ‘अब गर्नै पर्छ । ढिलो भइसक्यो ’ भन्दै तीनवटा प्रस्ताव अघि सार्नु भएको छ । कार्कीले समानुपातिक प्रणालीको खारेज गरेर संघीय साँसद संख्या २ सयमा घटाउने प्रस्ताव गर्नुभएको छ । उहाँले समावेशिताका लागि निर्वाचन क्षेत्रको आरक्षण गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । यसैगरी दोस्रो प्रस्तावमा तीन तहको सरकार बोझिलो भएकाले दुई तहमा सिमित गर्न नत्र प्रदेशका साँसदको संख्या ५० प्रतिशत घटाउन प्रस्ताव गर्नुभएको छ । कार्कीले यस अघि प्रदेश संरचनाको खारेजी भन्दै आउनु भएको थियो । तेस्रो प्रस्तावको रुपमा थे्रेसहोल्ड १० प्रतिशत राख्नु पर्ने उल्लेख गर्नुभएको छ ।