अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्ययोजनाका लागि एमालेले माग्यो रचनात्मक सुझाव

कार्ययोजनाका लागि एमालेले माग्यो रचनात्मक सुझाव


काठमाडौँ-नेकपा एमालेले  रचनात्मक सुझाव मागेको छ । केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी महासचिव शंकर पोखरेलले आज सामाजिक सञ्जालमा लेख्दै एमालेले कार्ययोजनाका लागि सुझावको अपेक्षा गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘मुलुक राजनीतिक अस्थिरता र चरम आर्थिक संकट (मन्दी)बाट गुज्रिरहेको बेलामा नेकपा९एमाले० कस्तो कार्ययोजनाका साथ अघि बढ्नु उपयुक्त हुन्छ ? तपाईँहरूको रचनात्मक सुझावको अपेक्षा गरिन्छ ।’ 

मिसन ग्रासरुटको प्रदेशस्तरिय समीक्षा सकिएसँगै एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । 

‘मुलुकमा राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढ गर्ने योजनासाथ सुरुभएको मिसन ग्रासरुटको प्रभाव मुल्याांकन यस बैठकले गर्नेछ र त्यसको जगमा कार्ययोजना तयार गर्नेछ’, महासचिव पोखरेलले लेख्नुभएको छ । 

आजदेखि ३० गतेसम्म चल्ने एमाले केन्द्रीय कमिटी बैठकमा १० एजेण्डाबारे छलफल हुनेछ ।