अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयले भन्यो–दादुराको संक्रमण बढ्यो, समयमै उपचार गर्नु 

स्वास्थ्य मन्त्रालयले भन्यो–दादुराको संक्रमण बढ्यो, समयमै उपचार गर्नु 


काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा रोगको संक्रमण बढ्दै गएको जनाएको छ । दादुराको संक्रमण बढ्दै गएका भन्दै मन्त्रालयले यसबाट बच्न सतर्क रहन आग्रह गरेको हो । 

दादुराबाट सतर्क नरहे मृत्युसमेत हुनसक्ने मन्त्रालयले उल्लेख गरेको छ । उच्च ज्वरो आउनु, खोकी लाग्नु, आँखा रातो हुनु, नाकबाट पानी बग्नु, शरीरमा राता मसिना बिमिराहरू देखिनु दादुराका लक्षणहरू हुन् । 

दादुरा रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, निमोनिया हुने, आँखामा समस्या भई अन्धोपन हुनेजस्ता समस्या देखिन सक्छ । मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताका कारण दादुराबाट मृत्यु पनि हुन सक्ने मन्त्रालयले जनाएको छ । समयमै अस्पताल गएर उपचार गर्न मन्त्रालयले आग्रह गरेको छ ।