काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले एकलौटी निर्णय गरेर नेकपा माओवादी केन्द्रका पूर्वलडाकुलाई पैसा दिन लागेको बताउनु भएको छ।
च्यासलमा बिहीबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा समस्या भएका बेला लडाकुलाई पैसा दिने निर्णय सरकारले गरेको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘विकास निर्माणका काम अबरूद्ध छन्। यस्तो बेलामा बहिर्गमित लडाकु, क-कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ। सरकारबाट बलजफती निर्णय गराउने र फेरि एक लाख ५० हजार त्यो कार्यकर्तालाई दिने अनि बाँकी आफैँ लिने। लडाकु शिविरका सवालमा पनि त्यस्तो भएको थियो।’
लडाकु शिविरमा नभएका मानिसका नाममा पैसा बुझेको अवस्थासमेत रहेको ओलीले बताउनु भयो ।







प्रतिक्रिया