काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै ‘पपुलिजम’ले कुनैपनि समस्याको समाधान दिन नसक्ने बताउनुभएको छ।
आजदेखि सुरु भएको पार्टीको पाँचौ केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रष्तुत गर्दै अध्यक्ष ओलीले आफूलाई वैकल्पिक शक्तिको रुपमा व्याख्या गरेको रास्वपालाई पपुलिजमको संज्ञा दिनुभएको छ। ‘निर्वाचनमा प्रियतावादी (पपुलिष्ट) शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन्’ अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ ‘खासगरी युवा मतदाता,सहरी जनमत र प्रवासी नेपालीहरुका बीचमा पपुलिजमको प्रभव उल्लेख्य छ । ति शक्तिहरुप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ।’
अध्यक्ष ओलीले रास्वपको शक्ति बढ्नुलाई गठबन्धनका दलका कारण बढेको चरम राजनीतिक विकृती र निराशा मुख्य कारण देखाउनुभएको छ। ‘२०६२/०६३ को परिवर्तन र नेपालको संविधान जारी भएपछि समाजमा देखा परेको आशा र उत्साहलाई यी गतिविधीहरुले ठूलो धक्का दिएका छन् ।यस स्थितीले सृजना गरेको असन्तुष्टीलाईपपुलिज्मले एजेण्डाका रुपमा राम्रैसँग उपयोग गरेको देखिन्छ ।’






प्रतिक्रिया