काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार ८३८ दशमलब ५९ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लागेर ३५३ दशमलब शून्य नौ मा सीमित भएको छ। कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ। कूल २१ लाख पाँच हजार ६५७ कित्ता शेयर रु ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु तीन करोड १५ लाख छ हजार ३६३ बराबरको शेयर कारोबार भएको छ।
ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु दुई करोड ७० लाख ८४ हजार आठ सय चार, शिवम् सिमेन्ट रु एक करोड ८० लाख ३७ हजार सात सय ५२, हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ७७ लाख ६३ हजार चार सय १० र हिमालयन डिस्टिलरीको रु एक करोड ६८ लाख ७८ हजार सात सय पाँच बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त छ दशमलब १०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलब ८९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलब ७१, इस्र्टन हाइड्रोपावर पाँच दशमलब ६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स पाँच दशमलब ९९, बाराही हाइड्रोपावर पाँच दशमलब ५२, एशियन हाइड्रोपावर पाँच दशमलब ५२, बलेफी हाइड्रोपावर चार दशमलब ३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ३४ प्रतिशतले घटेको छ।







प्रतिक्रिया