अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छः चन्द्रप्रसाद ढकाल

अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छः चन्द्रप्रसाद ढकाल


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार,नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ।

आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो। उहाँले अर्थतन्त्रमा देखिका समस्या र चुनौति सरकार, नियमनकारी निकाय र निजी क्षेत्रको कारण आएको भन्दै सबै एक आपसमा मिलेर समाधान गर्नुको विकल्प नभएको बताउनु भयो। उहाँले पछिल्लो समय मुलुकमा हुने हरेक घटना बिग्रँदो अर्थतन्त्रसँग जोडिन थालेको बताउनु भयो ।

अध्यक्ष ढकालले आर्थिक संकुचन कोभिड-१९को असरको प्रभावको कारण,रसिया र युक्रेन युद्ध र नियामक निकायले लिएको कसिलो नीतिको कारण आएको दाबी गर्नुभयो। उहाँले वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गर्नुभयो।

उहाँले अर्थतन्त्रको विषय उद्योगी व्यवसायीहरु सबैले सकारात्मक रुपमा सोच्नुपर्ने अवस्था आएको बताउनु भयो। उहाँले व्यवसायी लगायत अन्य कसैले पनि अर्थतन्त्रका विषयमा नकारात्मक सन्देश दिन नहुने बताउनु भयो। उहाँले पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेको बताउनु भयो। उहाँले राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको तीन महीनामा मात्रै ब्याजदर घट्ने नीतिलाई मंगलवारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने बताउनु भयो ।