अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठक: प्रतिवेदनमाथि आठ समूहमा छलफल हुने

एमाले बैठक: प्रतिवेदनमाथि आठ समूहमा छलफल हुने


काठमाडौँ – नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’बारे सातै प्रदेशबाट पेश भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ। 

बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो भने सातै प्रदेशसहित आयोग अध्यक्षहरुले प्रतिवेदन पेश गर्नुभएको छ। ती प्रतिवेदनमाथि शुक्रबार समूहगत छलफल हुने पार्टी उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।