काठमाडौँ-नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्नेछ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलि सकिने भएको हो ।
केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गर्नुभएको थियो । यस्तै बैठकमा आयोग र मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)का प्रतिवेदन पनि पेस भएका थिए ।
आज बाँकी गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण बिष्ट, सम्पर्क समन्वयन कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले पेस गर्नुहुने छ ।
यी प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने प्रचार प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव पेस गर्ने उहाँले जानकारी दिनुभयो ।






प्रतिक्रिया