काठमाडौँ-नेपाल प्रेस काउन्सिलले स्थायी कर्मचारी माग गरेको छ । आज सूचना जारी गर्दै काउन्सिलले १२ जना स्थायी कर्मचारी माग गरेको हो ।
आगामी जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।
जसअनुसार अधिकृत (प्रशासन) छौठौंमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा)मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्लामा २, महिला १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको छ ।
प्रतिक्रिया