अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक बस्दै, आगामी कार्ययोजना तयार पार्ने

एमाले स्थायी कमिटी बैठक बस्दै, आगामी कार्ययोजना तयार पार्ने


काठमाडौँ-नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक आज आज केन्द्रीय पार्टी कार्यालयमा अपराह्न ३ बजे बस्ने भएको हो । 

केन्द्रीय कमिटीको बैठकमा प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि जारी छ । केन्द्रीय कमिटीको बैठकमा ५ प्रदेशका बाँकी रिपोर्ट प्रस्तुतिपछि ८ समूहमा छलफल हुने र त्यसपछि प्रदेशका तर्फबाट कार्ययोजना पेस हुनेछ । 

उक्त कार्ययोजनालाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बस्न लागेको रिमालले जानकारी दिनुभयो ।