काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।
राप्रपाले आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । दिउँसो १ बजे पार्टीका तर्फबाट देशभरकै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
‘संगठित भ्रष्टाचारविरुद्ध राप्रपाको आवाज’ अभियानअन्तर्गत राप्रपाले सरकारसमक्ष ज्ञापनपत्र बुझाउन लागेको हो ।






प्रतिक्रिया