अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता बस्नेतको निधन

कांग्रेस नेता बस्नेतको निधन


काठमाडौँ–नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो । 

विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिनुभएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो । 

विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर आज दिउँसो श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अन्त्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।