अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ-अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ झरेको हो । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै सस्तिँदै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यता चाँदीको मूल्य भने आज एकै दिन तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।