अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठक सुरु, पाँच प्रदेशका प्रतिवेदन पेस हुने

एमाले बैठक सुरु, पाँच प्रदेशका प्रतिवेदन पेस हुने


काठमाडौँ–नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिनको बैठक सुरु भएको हो । आजको बैठकमा मिसन ग्रासरुट अभियानअन्तर्गत पाँचवटा प्रदेशका बाँकी प्रतिवेदन पेस हुनेछन् ।

जसमध्ये गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रतिवेदन पेस गर्नुहुनेछ ।  

प्रतिवेदनमाथि समूह विभाजन गरी आजै छलफल हुने एमालेले जनाएको छ । 

बैठकको पहिलो दिन पाँच प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पहिलो दिन सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मदेसबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।