काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पाण्डेले बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे० र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् । जिसी र थापा कांग्रेसबाट, मनाङे एकीकृत समाजवादीबाट र जुग्जाली माओवादीबाट मन्त्री बनेका हुन् । यद्यपि, उनीहरुको मन्त्रालय भने सार्वजनिक गरिएको छैन।
उनीहरुलाई आजै अपरान्ह ४ बजे शपथ गराउने तयारी भएको छ। सोही बेला मन्त्रालय पनि टुंग्याइने छ। योसँगै गण्डकी सरकारमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।







प्रतिक्रिया