अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठक: नेताहरु सामूहिक छलफलमा

एमाले बैठक: नेताहरु सामूहिक छलफलमा


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत दोस्रो दिनको बैठक जारी छ।

हिजोदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र मिसन ग्रासरुट अभियानको रिपोर्ट प्रस्तुतिपछि अहिले सामूहिक छलफल जारी छ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत रिपोर्टउपर ८ समूहमा छलफल भइरहेको छ।

प्रदेशका तर्फबाट पेश भएका कार्ययोजना समेतलाई वार्षिक कार्ययोजना बनाउन भोलि बिहान स्थायी कमिटी बैठक राखेर पुनः केन्द्रीय कमिटीको भोलिको बैठकमा कार्ययोजना प्रस्तुत गरिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो। आज बस्ने भनिएपछि छलफलको क्रम लम्बिएपछि भोलि बिहानलाई राखिएको उहाँको भनाइ छ ।

बैठक भोलिसम्म सञ्चालन हुनेछ।