अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको अग्रसरता अस्वाभाविक: कमल थापा

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको अग्रसरता अस्वाभाविक: कमल थापा


काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि देखाएको अग्रसरता अस्वाभाविक एवं संविधानको भावना विपरित रहेको बताउनु भएको छ।

अध्यक्ष थापाले सो विधेयक निस्क्रिय भैसकेको र आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ पर्ने धारणा सामाजिक सञ्जालमा लेख्नुभएको छ।

अध्यक्ष थापा लेख्नुहुन्छ, ‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित छ। सो विधेयक निस्क्रिय भैसकेको छ। आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ।’