काठमाडौं – नेकपा एमाले निकट युवा-विद्यार्थीले १ जेठमा शक्ति प्रदर्शन गर्ने भएको छ।
राजधानी उपत्यकाको रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपास सहित शक्ति प्रदर्शन गर्ने भएको हो।
नेकपा एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध गर्नका निम्ति शक्ति प्रदर्शन गर्न लागेको राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘युवा दिवसलाई यसपटक हामी शक्ति प्रदर्शनमा मनाउँदैछौं। त्यो शक्ति प्रदर्शन एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध पनि हुनेछ।’
उहाँका अनुसार, शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने लक्ष्य लिइएको छ।
प्रतिक्रिया