अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटीले प्रस्ताव गरेको एक वर्षे कार्ययोजनालाई अन्तिम रुप दिन आज एमालेको स्थायी कमिटी

केन्द्रीय कमिटीले प्रस्ताव गरेको एक वर्षे कार्ययोजनालाई अन्तिम रुप दिन आज एमालेको स्थायी कमिटी


काठमाडौं -केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला नेकपा एमालेको स्थायी कमिटी बैठक आज विहान बस्दैछ ।
हिजो केन्द्रीय कमिटीले प्रस्ताव गरेका वार्षिक कार्ययोजनाका विषयमा छलफल र संसोधन सहित पास गर्न आज स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यलयका अनुसार विहान ८ बजे देखि केन्द्रीय कार्यलय च्यासलमा स्थायी कमिटी बैठक बस्नेछ । स्थायी कमिटीले अन्तिम रुप दिएको कार्ययोजनालाई पुन दिउसो १ बजे देखि बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्ने एक पदाधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एमालेले एक वर्षे नयाँ कार्ययोजना सावर्जनिक गर्ने कार्यक्रम छ ।
गत फागुन महिना देखि दुई महिना सञ्चालन गरिएको मिसन ग्रासरुटबाट पार्टी र जनताको सम्बन्ध जोडिएको मूल्यांकन गर्दै त्यसलाई अझ प्रगाढ बनाउन नयाँ कार्यक्रम घोषणा गर्न लागिएको हो ।