अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक जारी

एमालेको स्थायी कमिटी बैठक जारी


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ। 

बिहीबारदेखि सुरु भएको एमालेको पाँचौँ केन्द्रीय कमिटीको बैठकबीच स्थायी कमिटीको बैठक सुरु भएको हो।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने विषयमा छलफल भइरहेको छ। स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केन्द्रीय कमिटीको बैठकमा पेस गरी पारित गरिने एमालेले जनाएको छ। 

शुक्रवार बसेको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आआफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको थियो।  

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ।