काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भएको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा नेताहरु प्रस्तुत गरेका विषयमा छलफल गरेको छ।
स्थायी कमिटी बैठकले अध्यक्षको प्रतिवेदनमा केही संशोधनसहित अनुमोदनको लागि केन्द्रीय कमिटी बैठकमा पठाएको छ।
शुक्रबार (हिजो) अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूह बनाएर छलफल भएको थियो। स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक सुरु हुनेछ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरुलाई ७५३ वटै पालिकाको जिम्मेवारी दिएर पार्टीको काममा खटाउने तयारी गरेको छ। एक वर्षको सांगठनिक कामको कार्यविभाजन गरेर खटाउने योजना छ।






प्रतिक्रिया