काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयतामा माथी पार्टीले पुनर्विचार नगर्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रीय कमिटी समापनका क्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टी बैठकमा केही नेताहरुले राखेको प्रस्तवलाई पार्टी निर्णय जसरी प्रचार गरिनु उपयुक्त नभएको बताउनुभयो । हिजोको बैठकमा पोपलटव्यूरो सदस्यहरु गोकुल बास्कोटा,महेश बस्नेत,निरु पाल,ऐन महर लगायतले प्रदेश खारेज गर्नुपर्ने प्रस्ताव राख्नु भएको थियो । अध्यक्ष ओलीले संघीय संविधान जारी गर्दा भारतले करिब ६ महिना नाकाबन्दी गरेको स्मरण गर्दै पार्टी संवैधानिक प्रवन्धबाट दायाँबायाँ नर्गे स्पष्ट पार्नुभएको केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
रिजालका अनुसार अध्यक्ष ओलीले एमालेको बटमलाइन संघीयता कार्यन्वयन भएकोले यसबाट दायाँवायाँ नगर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।






प्रतिक्रिया