अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी ७५ वर्ष पुगेको अवसरमा एमालेले अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने

पार्टी ७५ वर्ष पुगेको अवसरमा एमालेले अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने


काठमाडौँ – नेकपा एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने निर्णय गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी ७५ वर्ष पुगेको अवसरमा विश्वका कम्युनिस्ट पार्टीहरूलाई बोलाएर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय एमाले नेता विष्णु रिजालले जानकारी दिनुभयो। 

यस्तै पार्टीको ७५ वर्षको इतिहास झल्काउनेबारे कुनै ठाउँमा स्मारक बनाउने निर्णय पनि भएको छ। मिसन ग्रासरुट अभियान अन्तर्गत अगामी १ वर्षसम्म केन्द्रीय सदस्यले आफ्नो भूगोल बाहेकको अर्को क्षेत्रमा गएर संगठन बनाउने काममा लाग्ने निर्णय भएको नेता रिजालले जानकारी गरउनु भयो ।

आगामी १ वर्ष सबै केन्द्रीय सदस्य आफ्नो भूगोलभन्दा फरक भूगोलमा गएर राजनीतिक, सांगठानिक, वैचारिक काम गर्ने उहाँले बताएउनु भयो।