अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले ‘मिसन योङ’ र ‘देशैभरि छोराछोरी’ अभियान सञ्चालन गर्ने

एमालेले ‘मिसन योङ’ र ‘देशैभरि छोराछोरी’ अभियान सञ्चालन गर्ने


काठमाडौं – नेकपा एमलेले युवाहरुमा पार्टी कामको विस्तार गर्न ‘मिसन योङ’ अभियान सञ्चालन गर्ने भएको छ।

दुई महीनासम्म देशभर सञ्चालित मिसन ग्रासरुटको अभियानमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरुरी देखिएको भन्दै एमालेले मिसन योङ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

२८ देखि ३० वैशाखसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले १४ बुँदे निर्णय गरेको एमालेले विज्ञप्तिमार्फत जानकारी दिएको छ। जसमा देशैभरि छोराछोरी नारा दिएर पार्टी कार्यकर्ताको घरघरबाटै युवा कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ।

बैठकले जनप्रतिनिधि र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। ‘जनप्रतिनिधिहरु र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरिको रुपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रुपमा क्रियाशील बनाइनेछ’ एमालेको निर्णयमा भनिएको छ।

एमालेले केन्द्रीय सदस्यहरुको नयाँ कार्यविभाजन गर्ने निर्णय पनि गरेको छ।

हेर्नुहोस् निर्णय