काठमाडौँ–काठमाडौँ महानगरपालिका मेयर बालेन साहले नेताहरूप्रति आक्रोश व्यक्त गर्नुभएको छ । शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत साहले नेताहरुले गरेको भष्ट्राचारविरुद्धको सडक आन्दोलनप्रति आक्रोश पोख्नुभएको हो ।
उहाँले नेताहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनका नाममा सडक नाटक गरेको उल्लेख गर्नुभएको छ । नेताहरुलाई सिधै बागमतीमा चोप्नपनि उहाँले आग्रह गर्नुभयो ।
मेयर साहले लेख्नुभएको छ,‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपल्नुस् ।
यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले ।
पत्याउँदिन म चाही ।
तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’
शनिबार काठमाडौँमा डा.बाबुराम भट्टराई, हिसिला यमी, रवि लामिछानेलगायतका नेता भ्रष्टाचारविरुद्ध सडकमा धर्ना कार्यक्रममा सहभागी थिए ।






प्रतिक्रिया