काठमाडौँ–पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ । एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो । जसमा एक गोल उपहारमा पाएको थियो ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औं मिनेटमा पिएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो । र, त्यसको १० मिने पछि अर्थात् ३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे । र, खेल पहिलो हाफमा २-० को अवस्थामा रहन पुग्यो ।
तर, दोस्रो हाफको सुरुवाती अर्थात् ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो । र, उनै एम्बाप्पेले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाइ ४–० मा पुरयाईदिए ।
एजासियोको बिडम्बना नै भनौं, ७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५–० ले अघि बढ्यो । र, दुबैतर्पफवाट कुनै गोल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियो ।
रोचक त भे के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो । खेलको ७७औ मिनेटमा पिएसजीका अचरफ हाकिमीले तथा ८०औं मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो ।
यस जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा सीमित छ ।
प्रतिक्रिया