काठमाडौं -नेकपा एमालेले तत्कालिन प्रदेश १ को नाम कोशी राखेर बहुपहिचानलाई मान्यता दिएको जनाएको छ । पार्टीको बैशाख २८—३० गते काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गर्दै प्रदेशसभा,सरकार र मुख्यमन्त्री हिक्मत कार्कीलाई धन्यवाद ज्ञापन गरेको छ ।
‘समग्र मुलुक जस्तै त्यो प्रदेश पनि बहुजातीय,बहुभाषिक,बहुसाँस्कृतिक,बहुधार्मिक र भौगोलिक विविधताले युक्त प्रदेश हो ’ एमालेको केन्द्रीय कमिटीले पास गरेको प्रस्तावमा भनिएको छ ‘यस प्रदेशलाई बहुपहिचान झल्किने गरी कोशी नामाकरण गरिनु उचित र स्वभाविक हो भन्ने पार्टीको मान्यता रहेको छ ।’

एमालेले प्रदेशसभाका ९० प्रतिशतले सदस्यले लामो छलफल पश्चात कोशी नामाकरण गरिएकोले यसको विरोधको कुनै औचित्य नहुने स्पष्ट पारेको छ । एमलेले पास गरेका १६ वटा प्रस्ताव मध्ये १२ नम्बरमा कोशी प्रदेशको बिषयमा उल्लेख गरिएको छ । प्रस्तावमा कुनै पनि विषयमा शान्तीपूर्ण रुपमा आफ्ना असहकमती जाहेर गर्ने अधिकार हुँदा हुँदै पनि जाती सद्भाव खल्बल्याउने,साम्प्रदायिक विद्वेश फैलाउने,समाजमा अराजकता फैलाउने र एमालेबाट निर्वाचित मूख्यमन्त्रीका विरुद्ध राजनीतिक हतियारका रुपमा प्रयोग भएका घटनालाई कुनै अर्थमा पनि लोकतान्त्रिक मान्न नसकिने एमालेको ठहर छ । एमालेले कुनैपनि अतिवादी,जनविरोधी र साम्प्रदायिक क्रियाकलापमा सहभागी नहन सबैलाई आग्रह गरेको छ ।






प्रतिक्रिया