काठमाडौं – तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीचको बैठकमा संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति भएको छ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले समितिको नेतृत्वमा सहमति जुटाएका हुन्।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलले संसदीय सुनुवाइ समितिको नेतृत्वको तय गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तीन दलबीच संसदीय सुनुवाइ समिति र अन्य समितिको नेतृत्वमा करिब सहमति जुटेको छ’, उहाँले भन्नुभयो, ‘अब कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय समितिका सभापतिहरुको नामलाई अन्तिम रुप दिनेछ।’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।






प्रतिक्रिया