अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय सुनुवाइ समितिमा ६ दलका सांसद रहने

संसदीय सुनुवाइ समितिमा ६ दलका सांसद रहने


काठमाडौं – संसदको संसदीय सुनुवाइ समितिमा ६ दलका सांसदहरू हुने भएका छन्।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न दलबाट समितिमा रहने सांसदहरूको संख्या टुंगो लगाएको हो।

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीका अनुसार सुनुवाइ समितिमा नेपाली कांग्रेस र एमालेका समान ५/५ जना सांसद हुने भएका छन्।

त्यस्तै माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले १/१ सदस्य पाएका छन्। तीन दलका शीर्ष नेताहरूबीच आजै संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने टुंगो भएको छ।

समितिले संवैधानिक अंगका पदाधिकारी र विभिन्न देशका राजदूतहरूको नियुक्तिका लागि भएको सिफारिसमा सुनुवाइ गर्छ।

सिफारिस संसदीय समितिबाट अनुमोदन भएपछि सम्बन्धित पदमा नियुक्ति हुन्छ।

हालै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ।

अहिले कायममुकायम प्रधानन्यायाधीश रहेका कार्की संसदीय सुनुवाइबाट अनुमोदन भए प्रधानन्यायाधीश नियुक्त हुने छन्।