अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यौन दुर्व्यवहार कसुरमा मदन राईविरुद्ध सात दिन म्याद थपियो

यौन दुर्व्यवहार कसुरमा मदन राईविरुद्ध सात दिन म्याद थपियो


काठमाडौं – यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम)का संस्थापक मदन राईविरुद्ध जिल्ला अदालत खोटाङले सात दिन म्याद थपिदिएको छ।

राईविरुद्ध बाल यौनदुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले बताउनु भयो।

शुभम फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको अभियोगमा ७५ वर्षीय राईविरुद्ध गत शुक्रबार जाहेरी दिएकी थिइन्। त्यसपछि त्यही दिन खोटाङ प्रहरीले उनलाई पक्राउ गरेको थियो।

शनिबार सार्वजनिक बिदा भएकाले राईलाई आइतवार अदालत उपस्थित गराई म्याद थप गरेर अनुसन्धान अनुमति लिइएको मुकारुङले बताउनु भयो । 

अहिले अभियुक्त राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

जाहेरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएको लगायत आरोप लगाएकी छन्।  यसअघि मदनले फाउन्डेसनमा राखिएका बालबालिकालाई लामो समयदेखि यौन दुर्व्यवहार गर्ने गरेको घटना सञ्चारमाध्यममा सार्वजनिक भएको  थियो।