अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ। 

जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौं प्रमुख अच्युतमणि न्यौपानेले ४ दिन म्याद थपका लागि जिल्ला अदालतसमक्ष प्रस्ताव गरेको बताउनु भयो ।

भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपमा उनीहरुलाई विभिन्न मितिमा प्रहरी पक्राउ गरेको थियो । यस प्रकरणमा पूर्वगृहमन्त्री खाँण, इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत छन् ।