काठमाडौं – भक्तपुर चुनदेवीस्थित सोफा कारखानामा आगलागी भएको छ। आइतबार साँझ सोफा कारखानामा आगलागीको भएको हो ।
सोफा उद्योगमा ठूलो आगो देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरीको टोलीसहित ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने काम भइरहेको छ।
‘चुनदेवी भन्ने ठाउँमा आगलागी भएको हो, अहिले नियन्त्रणको प्रयास भइरहेको छ,’ भक्तपुर प्रहरीका एसपी प्रजित केसीले भन्नुभयो, ‘हाम्रो ५ वटा दमकल पुगिसकेको छ। नियन्त्रणको प्रयास जारी छ।’
काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या भइरहेको उहाँले बताउनु भयो ।





प्रतिक्रिया