अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको आगामी  कार्यदिशाबारे धारणा बनाउन राप्रपाको बैठक बस्दै

पार्टीको आगामी  कार्यदिशाबारे धारणा बनाउन राप्रपाको बैठक बस्दै


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक बस्दैछ । राप्रपाको केन्द्रीय समिति बैठक काठमाडौँको धुम्बाराहीमा आजबाट सुरु हुँदैछ । आजदेखि ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने जनाइएको छ । 

यस्तै बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा धारणा बनाउने जनाइएको छ ।