काठमाडौं -नेकपा एमालको सबभन्दा दर्बिलो जनसंगठन युवा संघ नेपालको आज ३४ औं स्थापना दिवश । २०४६ साल चैत २६ गते बहुदलीय प्रजातन्त्रको घोषणा भएको करिब ३४ दिन पछि नेपाली युवाहरुलाई तत्कालिन मालेमा आकिर्षत र संगठित गर्न यो पार्टीको जनवर्गीय संगठनको रुपमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना भएको थियो । त्यसबेला देखि नै युवाहरुमा लोकप्रिय नेता केपी शर्मा ओलीको अध्यक्षतामा यो संगठन स्थापना भएको हो ।
माओावादीसँग एकता प्रक्रियाका बेला संगठनको नाममा केही संसोधन गरेर युवा संघ नेपाल राखिएको हो । संघले आज भकृटी मण्डपमा विशेष कार्यक्रम गरेर वार्षिकउत्सव मनाउने तयारी गरेको अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । युवा संघले नेपाली युवाहरुलाई संगठित गर्नका लागि आजबाट चार महिने अभियान सुरु गर्ने थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ देखि भदौसम्मका चार महिनामा ४ लाख नेपाली युवाहरुलाई युवा संघ नेपालमा आवद्ध गराउन वडा तहसम्म अभियान सञ्चालन गरिने थेबेले जानकारी दिनुभयो ।






प्रतिक्रिया