अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टोपबहादुर रायमाझीलाई म्याद थप्न आज अदालत लगिँदै

टोपबहादुर रायमाझीलाई म्याद थप्न आज अदालत लगिँदै


काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज  म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिने भएको छ ।

आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका नेता रायमाझीलाई आज अदालतमा पेस गर्न लागिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । गए राति मेडिकल गरेर उनलाई लैनचौर वृत्तमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

यसअघि गत वैशाख २० गते सोही प्रकरणमा उनका छोरा सन्दीप पक्राउ परेका थिए । सन्दीप पक्राउ परेसँगै उनी फरार रहेका थिए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत १३ जना पक्राउ परेका छन् । 

सोही प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  उनीहरू फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।