अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्चीको पानी दुई साताका लागि बन्द

मेलम्चीको पानी दुई साताका लागि बन्द


काठमाडौँ-काठमाडौँ उपत्यकामा आजदेखि दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द हुनेभएको छ ।  

आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो ।

हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर-९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । सोही वर्षको चैत १५ देखि परीक्षण स्वरुप पानी वितरण गरिएको थियो । 

तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएपछि पानी वितरण बन्द भएको थियो । तर मुख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिमतिर पुनः पानी वितरण गरिएको थियो ।