काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । यस्तै सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।
सरकारले नीति तथा कार्यक्रम पेस गरेपछि जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।






प्रतिक्रिया