काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको आजदेखि बयान हुने भएको छ ।
सरकारी वकिल र प्रहरीले नरेन्द्र केसी र पूर्व गृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ । योसँगै खाणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्ने जनाइएको छ ।
अब आजदेखि खाणको बयान सुरु हुने भएको हो । जिल्ला अदालत काठमाडौँले यो मुद्दा अनुसन्धानका लागि हिजो खाणविरुद्ध थप चार दिन समय दिएको छ ।






प्रतिक्रिया