काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको सोमबारदेखि बयान सुरू भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बालकृष्णलाई बयानका लागि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्याइसकेको छ।
अहिले सरकारी वकिलको कार्यालयमा उहाँको बयान चलिरहेको छ। यसअघि प्रहरीले उहाँका निजी सचिव नरेन्द्र केसी र बालकृष्ण गृहमन्त्री हुँदाकै गृहसचिव टेकनारायण पाण्डेको पनि बयान आइतबार सकिएको छ।
प्रतिक्रिया