अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्वियु र युवा संघद्वारा भ्रष्टाचार विरुद्धको आन्दोलन सुरू

अनेरास्वियु र युवा संघद्वारा भ्रष्टाचार विरुद्धको आन्दोलन सुरू


काठमाडौं – आफ्नो स्थापना दिवशका दिन नेकपा एमालेका दुईवटा ठूला जनवर्गीय संगठन अनेरास्वियु र युवा संघ नेपालले भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सतहमा आएका विभिन्न प्रकरणहरुको छानविनका लागि सरकारलाई दबाब दिन भन्दै यी संगठनहरुले विरोध प्रदर्शन सुरु गरेका हुन्। संयोगले दुवै संगठनको आज स्थापना दिवश हो।

अखिल आज भन्दा ५९ वर्ष पहिले स्थापना भएको थियो भने युवा संघ नेपाल ३४ वर्ष पहिले स्थापना भएको थियो। संयुक्त र्‍याली प्रदर्शनी मार्ग पुतली सडक हुँदै भृकटी मण्डपमा गएर आमसभामा परिणत हुनेछ। आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।