अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : चित्रबहादुर केसी

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : चित्रबहादुर केसी


काठमाडौं – सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभयो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गर्नुभयो ।

यस्तै सांसद राजेन्द्र बजगाईंले विकास निर्माणमा बजेट काटिएको भन्दै गुनासो गर्नुभयो। उहाँले गोरखाका विभिन्न आयोजनामा देखिएको बेथिति अन्त्य गर्न र विकास निर्माणको काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।