अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते

तनहुँमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते


तनहुँ – पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका-५ सर्दीमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जना भारतीय नागरिक रहेका छन् ।

सोमबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको ग १ ख ९६३५ न. को बस अनियन्त्रित भई दुर्घटना हुँदा २७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा टोलीले घाइते यात्रुको उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गराएका छन् ।

निरीक्षक राजकुमार विकका अनुसार दमौलीस्थित रत्नहरि अस्पतालमा पर्वतको फलेबास नपा-१० बस्ने बर्वा २१ को विष्णुप्रसाद चपाई उपचार भइरहेको छ । बाँकी अन्य घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पोखरामा उपचार हुनेमा बसका चालक कास्कीको पोखरा उमनपा-३१ बेगनासताल बस्ने वर्ष २७ को सुनिल विक, सोही महानगरपालिकाकै-९ बस्ने वर्ष ४७ को शिवहरि श्रेष्ठ, वडा नं.२१ बस्ने वर्ष ३९ को चेतबहादुर रानाभाट घाइते हुनु भएको छ । साथै, सह–चालक कास्की पो.उ.म.न.पा. १५ बस्ने वर्ष ३७ को सुबिन कुँवर, सह–चालक नवलपुरको गैँडाकोट न.पा.८ बस्ने वर्ष १९ को सुशील श्रेष्ठ पनि घाइते हुनु भएको छ ।

त्यस्तै, भारत पटना बिहार बस्ने वर्ष ३३ को प्रभातकुमार सिंह, उहाँकी श्रीमती वर्ष २९ की अनमिका सिंह, भारत बिहार बस्ने वर्ष ४५ की सुनितादेवी ढाड, बिहार बस्ने वर्ष १८ को रोहित कुमार, सोही ठाउँका वर्ष २० की अन्जली साह, अञ्जलीकै छोरा वर्ष १ को आदित्य साह घाइते हुनु भएको छ।

यसैगरी, खोटाङको बुईखा न.पा. १४ बस्ने वर्ष ५० को कोपिला राई, सोलोखुम्बु महाकुलुङ गाउँपालिका–१ बस्ने वर्ष ४७ को कुल ब.राई, सोही ठाउँका वर्ष २५ को नोवाङ शेर्पा पर्बत फलेवास न.पा.२ बस्ने वर्ष ३२ को टेकबहादुर थापा मगर, कास्की पोखरा म.न.पा. २६ कालिका चोक बस्ने वर्ष ३० की सोनी पुलामी घाइते हुनु भएको छ ।

पर्वतको पैयुँ गा.पा.१ बस्ने वर्ष २७ को टिकाराम न्यौपाने, कास्कीको पो.उ.म.न.पा.–१७ बिरौटा बस्ने वर्ष २५ को राजकुमार माझी, वर्ष १७ को विकास बर्तौला, सोही पालिकाको वडा नम्बर ९ बस्ने वर्ष २० को सौरभ श्रेष्ठ घाइते हुनु भएको छ।

यसैगरी, बाग्लुङ ताराखोला न.पा.–५ बस्ने वर्ष २५ को उपेन्द्र घर्ती, कास्की पो.उ.म.न.पा.–१९ बस्ने वर्ष २५ को अमृत थापा, वर्ष २३ की सबिना तामाङ, मुगु जिल्ला घर भई हाल काठमाडौं तिनचुली–६ बस्ने वर्ष २५ को राजकुमार बुढा,  बाग्लुङ सोमानतोला गा.पा.१ हाल पोखरा जिरो किमी बस्ने वर्ष २० की अस्मिता छन्तेल घाइते हुनु भएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।